रामनारायण यादव-सप्तरी । सशस्त्र प्रहरीले चोरीका स्कुटरसहित एक जनालाई बिहीवार बिहान पक्राउ गरेको छ । सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर-९ स्थित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट सुभरनपट्टीबाट खटिएका गस्ती टोलिले पक्राउ गरेको हो ।
प्रदेश २–०१ ००१प ३७४० नम्बरको यमहाको स्कुटर नेपालबाट भारत तर्फ लैजादै गरेको अवस्थमा उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर-९ बस्ने २६ वर्षीय जितेन्द्र सरदार रहेको प्रहरीले जनाएको छ ।
सरदारले भारत तर्फ जाँदै गर्दा चेक जाँच गर्ने क्रममा भाग्न खोज्दा, सशस्त्र प्रहरी बल नेपाल बिओपी सुभरनपट्टी गस्ती टोलिले निजलाई स्कुटर सहित नियन्त्रणमा लिएको हो ।
चोरी गरिएको स्कुटर जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर-९ पथरगडाबाट चोरी गरि भारत तर्फ लैजाने लागेको उनले सुकारेका छन् ।
पक्राउ गरिएको सरदार र स्कुटर सहित आवश्यक कार्वाहीका लागि ईलाका प्रहरी कार्यालय बोदे बर्साईनको जिम्मा लगाएको सशस्त्र प्रहरी पोष्ट बोदे बर्साईनका ईन्चार्ज प्रहरी निरीक्षक उत्सव विष्टले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया