महोत्तरीमा सर्पको टोकाईबाट एक महिलाको मृत्यु

लोकपथ
105
Shares

जनकपुरधाम । महोत्तरीमा विषालु सर्पले टोकाईबाट एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको मटिहानी नगरपालिका वडा नम्वर ९ सिमरदहीमा विषालु सर्पको टोकाईबाट स्थानीय सुशील सहनीकी २४ वर्षीया श्रीमती विभादेवी सहनीको मृत्यु भएको हो ।

सहनीलाई मंगलबार राति करीब ९ बजे खाना पकाउने क्रममा विषालु सर्पले टोकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

सर्पको टोकाईबाट सिकिस्त भएकी उनलाई उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनले बताए । मृतक सहनीको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?