१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ

लोकपथ
259
Shares

काठमाडौं । कञ्चनपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ परेका छन् ।

सोह्र वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कृष्णपुर नगरपालिका-४ बेलकन्डे बस्ने २५ वर्षीय चुन्नु राम चौधरीलाई बुधवार बिहान प्रहरीले पक्राउ गरेको हो ।

चौधरीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गुलरीयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?