खुकुरी प्रहार गरि हत्या गर्ने पक्राउ

लोकपथ
84
Shares

काठमाडौं । ईलाममा खुकुरी प्रहार गरि हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

ईलाम नगरपालिका-१२ साङरुम्बा पिप्ले भञ्ज्याङ बस्ने ५८ वर्षीय धन बहादुर राईको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४५ वर्षीय यम बहादुर सावालाई बुधवार बिहान प्रहरीले पक्राउ गरेको हो ।

सावाले रिसिबीको कारण धारिलो हतियार खुकुरी पेटमा प्रहार गरी राईको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी गोलाखर्कबाट खटिएको प्रहरीले सावालाई उनले प्रयोग गरेको खुकुरीसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?