काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
७ हजार ८३५ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७७ र ४ हजार ६३ जनामा गरिएको एन्टिजेन परीक्षण गर्दा ९०२ जना गरी जम्मा २ हजार ९७९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप २८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कूल संख्या ९ हजार २ सय ९१ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ३३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कूल संख्या ६ लाख १४ हजार ३ सय २७ पुगेको छ ।
नेपालमा हाल २६ हजार ५ सय ४४ जना सक्रिय संक्रमित रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया