काठमाडौं । विश्वभर तीन अर्ब २५ करोड ८५लाख ७२ हजार ८ सय ९२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्रकहरु यस प्रकार रहेका छन् । चीनमा एक अर्व ३१ करोड ८४ लाख १७ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
भारतमा ३६ करोड १३ लाख २३ हजार ५४८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । अमेरिकामा ३३ करोड २ लाख १४ हजार ७३२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा दश करोड १३ लाख ९४ हजार ६५० डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ ।
बेलायतमा सात करोड ९९ लाख ७० हजार २ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जर्मनी सात करोड ७८ लाख ८२ हजार ४१४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । फ्रान्समा पाँच करोड ७२ लाख ६९ हजार १५८ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली पाँच करोड ६१ लाख ५६ हजार १०८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
टर्कीमा पाँच करोड ४६ लाख ५६ हजार १५ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जापान पाँच करोड ८ लाख ७० हजार ९६३ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया