फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

लोकपथ
791
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

आयल निगमले मंगलवार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन(आन्तरिक)मा दुई–दुई रुपैयाँ प्रतिलिटर र हवाई इन्धन(बाह्य)मा १९ डलर प्रतिकिलोलिटरले मूल्यवृद्धि गरेको हो । त्यस्तै, खाना पकाउने एलपी ग्यासमा पनि प्रतिसिलिन्डर २५ रुपैयाँले मूल्यवृद्धि गरेको छ ।

मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय २९ रुपैयाँ, डिजेल र मट्टीतेल एक सय १२ रुपैयाँ प्रतिलिटर पुगेको छ । आन्तरिक हवाई इन्धन ८४ रुपैयाँ प्रतिलिटर र बाह्य हवाई इन्धन सात सय ५४ डलर प्रतिकिलोलिटर तथा खाना पकाउने ग्यास प्रतिसिलिन्डर एक हजार चार सय २५ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?