कालिकोटमा जीप दुर्घटना, १ जनाको मृत्यु

लोकपथ
84
Shares

कालिकोट । कालिकोटमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

जीप दुर्घटनामा परि जीपमा सवार ३६ वर्षीया पम्फा फडेराको निधन भएको हो ।

जिल्लाको रास्कोट नगरपालिका(६ सन्नीघाटमा मंगलवार बिहान भएको दुर्घटनामा अन्य ४ जना घाइते भएको प्रहरीले जनाएको छ । भने घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार उक्त जीपमा ४ जना रहेका थिए । क १ ज २३ नम्बरको जीप अनियन्त्रित भइ दुर्घटना हुन पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?