कोरोना संक्रमणका कारण कांग्रेस नेता कुँवरको निधन

लोकपथ
49
Shares

काठमाडौं । ट्रेड युनियन कांग्रेसका पूर्ववरिष्ठ उपाध्यक्ष एवं सल्लाहकार रामजी कुँवरको आज निधन भएको छ ।

कोरोना संक्रमणका कारण काठमाडौंमा उपचार गराइरहनुभएका उहाँमा कोभिड निको भए पनि स्वास्थ्यमा सुधार भएको थिएन ।

कुँवरको ६८ वर्षको उमेरमा उपचारकै क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको नेपाली कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए। कुवँर यसअघिको स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको मेयरका प्रत्यासी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?