काठमाडौं । साताको पहिलो दिन आज सोमवार पनि शेयर बजार घटेको छ । सोमवार शेयर बजार ११.७८ अंकले घटेर २८२२.७३ अंकमा पुगेर कारोबार रोकिएको छ ।
नेपाल धितोपत्र बोर्डले सर्वसाधारणकोे लगानी जोखिममा भएको भन्दै विभिन्न ५१ वटा कम्पनीहरुको नामावली सार्वजनिक गरेपछि शेयर बजारमा लगातार गिरावट आएको हो ।
आज बजारमा आएको गिरावटसँगै कारोबार रकम पनि घटेको छ । आज २ सय २४ कम्पनीहरुले ४ अर्व ५८ करोड २२ लाख १२ हजार ५ सय ७९ रुपैँया बराबरको कारोबार गरेका छन् । आइतवार ८ अंकले घटेको बजारमा ५ अर्व ३५ करोड रुपैँयाको कारोबार भएको थियो ।

सोमवार ट्रेडिङ,उत्पादनमुलक कम्पनी,अन्य,म्युचुअल फण्ड र लगानी बाहेकका सबै उपसमूहहरुको कारोबारम गिरावट आएको छ ।
सोमवार १ करोड ६३ हजार ६ सय ६३ कित्ता शेयर किनबेच भएको छ । त्यस्तै आज कुल ५२ हजार ८ सय ४६ वटा कारोबार भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया