काठमाडौं । अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने मोरङ वेलवारी नगरपालिका(७ घर भएका ३० वर्षीय शक्ति भुजेललाई आइतवार प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको २०७७ फागुन ५ गतेको फैसलाले १४ दिन कैद र ९२ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बोहोराटारबाट पक्राउ गरेको हो ।
२०७६ सालमा भुजेलले विभिन्न व्यक्तिहरुलाई अष्ट्रेलिया पठाइदिन्छु भनि रकम लिएको र उक्त रकम बराबरको चेक पीडितलाई पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी नविल बैंकमा रहेको निजको नामको खाताबाट भुक्तान हुने गरी पीडितलाई ९२ लाख रुपैंया बराबरको चेकहरु काटी दिएकोमा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त कैद तथा जरिवान ठहर गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया