काठमाडौं । अमेजनका मालिक जेफ बेजोसले प्रमुख कार्यकारी अधिकृत (सीइओ)बाट राजिनामा दिएका छन् । राजिनामा दिनेबारे उनले गत वर्ष नै घोषण गरिसकेका थिए । सोमवार उनले अमेजनको प्रमुख कार्यकारी अधिकृत (सीइओ)बाट औपचारीक रुपमा राजिनामा दिएका हुन् ।
अब बेजोस अमेजनको कार्यकारी बोर्डमा मात्र रहने भएका छन् । सीइओ छाडेपछि बेजोस नयाँ उत्पादन र अभियानमा केन्द्रित हुने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

जेफको यात्रा :
२०२० मा विश्वकै सबै भन्दा व्यक्ति जेफ बेजोस अमेजनका मालिक हुन् । अमेजन शुरु गर्नु अगाडि उनले कम्प्युटर तथा मोबाईलबाट क्लिक अथवा अर्डर गरेकै भरमा घरमा सामान पुर्याउने कल्पना गरेका थिए ।
सोही कल्पनालाई साकार गर्दै उनले सन् १९९४ मा अमेजनको स्थापना गरेका थिए । अमेजन अहिले संसारकै पहिलो खर्ब डलरको कम्पनी बन्ने दौडमा छ । अमेजन विश्वकै सबै भन्दा सफल कम्पनी मध्ये एक हो ।

पुराना किताब बिक्रीबाट शुरु भएको अमेजन कम्पनी अहिले विश्वका सबै देशहरुमा विभिन्न सामान बेच्ने गर्दछ ।
बेजोस २०२०मा विश्वकै धनी व्यक्ति भएका थिए । उनी भविष्यमा अन्तरिक्षसम्मको यात्रा गर्ने कल्पना गरिरहेका छन् । सन् २०१३ मा वाशिङ्टन पोष्ट खरिद गरेको अमेजनले सन् २००४ मा ब्लू ओरिजिन नामक एअरस्पेस फर्म फनि स्थापना गरिसकेको छ । आगामी वर्षहरुमा अमेजनले अन्तरिक्ष यात्राको टिकट पनि बेच्ने योजनामा रहेको छ ।
न्यू मेक्सिकोमा सन् १९६४ मा जन्मेका जेफले हाई स्कुलको बिदाई समारोहमा अन्तरिक्षमा कोलनी बनाउने कल्पना गरेका थिए । सन् १९८६ प्रिस्टन विश्वविद्यालयमाबाट इलेक्ट्रिकल इञ्जिनियरिङ ब्याच्लर इन साइन्सको डिग्री लिएका जेफले केही समय फाईनान्स कम्पनीमा पनि काम गरेका थिए ।

जेफले अमेजनको शुरुवात ग्यारेजबाट पुराना किताब बेचेर गरेका थिए । सन् १९९५ मा सार्वजनिक भएको अमेजनले एक महिनामा अमेरिकाका ५० राज्य र ४५ वटा देशबाट अर्डर लिएको थियो ।

अमेजनमा अहिले ५ लाख ७५ हजार कर्मचारी काम गर्छन् ।
संसारकै धनि व्यक्ति जेफको मक्केन्जीसँगको सम्बन्धविच्छेद :
जेफ बेजोस र उनकी पत्नी मक्केन्जीको ५ अप्रिल २०१९मा सम्बन्धविच्छेद भएको थियो । बेजोस र मक्केन्जीको सम्बन्धविच्छेदलाई अहिलेसम्मकै सबैभन्दा महँगो मानिएको छ।
सम्बन्धविच्छेद गर्दा उनीहरूबीच ३५ बिलियन अमेरिकी डलर अर्थात् झन्डै ३८ खर्ब नेपाली रुपैयाँ बराबरको लेनदेनको सहमति भएको थियो ।
- एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया