चिनियाँ अन्तरिक्ष यात्रीहरूकोे अन्तरिक्ष स्टेशन बाहिर ‘स्पेसवाक’

लोकपथ
357
Shares

काठमाडौं । चीनको आफ्नै अन्तरीक्ष स्टेसनमा रहेका अन्तरीक्षयात्रीहरुले सफलतापूर्वक स्टेसन बाहिर निस्किएर अन्तरीक्षमा केही समय हिडेका छन् ।

यसअघि पनि सन् २००८ मा शेन्झाउ ७ अन्तरीक्ष मिसनमा गएका अन्तरीक्षयात्रीहरु यान बाहिर निस्किएर अन्तरीक्षमा हिँडेका थिए । चिनिया अन्तरीक्षयात्रीहरुको योे ‘स्पेस वाक’लाई चीनको तीव्र गतिमा विस्तार भइरहेको अन्तरीक्ष कार्यक्रमका लागि कोशेढुंगा मानिएको छ ।

चीनको मानव अन्तरीक्ष एजेन्सी (सिएमएसए) का अनुसार अन्तरीक्ष स्टेशनमा रहेका ३ जना मध्ये दुईजना  आइतवार बिहान मुख्य मोड्युलबाट बाहिर निस्किएर अन्तरीक्षमा अवतरण गरेका हुन। स्पेस वाक का क्रममा उनीहरुले नयाँ संस्करणको स्पेसशुटको परीक्षण गर्नुका साथै उपकरणहरु इन्स्टल र प्यानोरमिक क्यामराले दृश्यहरु पनि खिचेका थिए ।

एजेन्सीका अनुसार अन्तरीक्षयात्रीहरुको आगामी ३ महिनामा हुने अर्बिटल उडानका क्रममा अर्को स्पेस वाक हुनेछ । यो चीनको सबैभन्दा लामो मानव अन्तरीक्ष मिसन हो । चीनले यसअघि गत डिसेम्बरमा चन्द्रमामा र मे महिनामा मंगल ग्रहमा अनुसन्धानमूलक रोबर उतारिसकेको छ ।

सन् २०२२ को डिसेम्बर सम्ममा आफ्नो पूर्ण मानव क्षमताको अन्तरीक्षमा स्टेसन बनाउने योजनामा रहेको चीनले गत अप्रिल २९ मा पहिलो कोर मोड्यूलको रुपमा रहेको तियान्हे प्रक्षेपण गरेको थियो । यो मोड्यूल चीनले हालसम्म विकास गरेकोमध्ये सबैभन्दा ठूलो अन्तरीक्ष यान हो । जसको लम्बाइ १६.६ मिटर छ भने अन्तरीक्षयात्री बस्न मिल्ने भित्री कोठा ५० क्युबिक मिटरको छ।

चीनले यसअघि पृथ्वीको कक्षमा दुईवटा अन्तरीक्ष प्रयोगशाला सञ्चालन गरिसकेको छ । तियाङ्गगोङ्ग–१ र तियाङ्गगोङ्ग–२ नामक ती प्रयोगशालामा हालको अन्तरीक्ष स्टेसन निर्माणका लागि ट्रायलको रुपमा सञ्चालन गरिएको थियो ।

अन्तरीक्षमा लामो समयदेखि रहेको अन्तराष्ट्रिय स्पेस स्टेसनमा अमेरिकाको राजनीतिक विरोध तथा कानूनी अड्चनका कारण चीनलाई बन्देज लगाइएको थियो। रुसले पनि उक्त अन्तरीक्ष स्टेसन छाडिसकेको छ । चीनले गत मे महिनामा आफ्नो निर्माणाधीन अन्तरीक्ष स्टेसनमा नी हाइशेंग, लिउ बोमिंगर र तांग होंगबो गरी तीन जना अन्तरीक्ष यात्रीलाई पठाएको थियो । उनीहरु तीन महिनासम्म अन्तरीक्ष स्टेसनमा रहनेछन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?