हेर्नुहोस् आजको टप १५ हेडलाइन्स् (भिडियोसहित)

लोकपथ
133
Shares

१. काठमाडौ उपत्यकामा जारी निषेधाज्ञा खुकुलो बनाउँदै थप एकसाता लम्व्याइयो, सवारी साधनमा जोर– विजोरको व्यवस्था हटाइयो ।

२. प्रतिनिधि सभा विघटन विरुद्दको मुद्दामा सभामुख अग्नी सापकोटा पक्षका कानून व्यवसायीको बहस सकियो, रिट निवेदकको तर्फबाट जवाफी बहस भोलि पनि ।

३. शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ विरुद्ध सर्वाेच्च अदालतमा रिट दायर, श्रेष्ठलाई छुवाछुत सम्बन्धी कसुरमा कारवाही गर्न रुपा सुनुवारको माग ।

४. विप्लव नेतृत्वको नेकपाका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटे,कारागारमा रहेका आफ्ना नेता कार्यकर्ता रिहा गर्न माग ।

५. पार्टी बिवाद समाधानमा एमालेका दोस्रो तहका नेताहरु सक्रिय,अझै उपलब्धी भने हुन सकेन् ।

६. प्रधानमन्त्री ओली र एमाले वरिष्ठ नेता माधव नेपालको रिस शान्त नभएसम्म पार्टी एकता नहुने उपाध्यक्ष बामदेव गौतमको भनाई,पार्टी एकताकै लागि आफू ओलीतिर लागेको दाबी ।

७. विपद्मा परेकाको राहत र उद्दारमा सरकारले राजनीति नगर्ने गृहमन्त्री विष्णु पौडेलको प्रष्टोक्ति,विपद्मा परेकालाई प्रतिपरिवार ५० हजार दिइने ।

८. आइतबार नेपालमा १ हजार ६ सय ३ जना कोरोनाका नयाँ संक्रमित थपिए,पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु ।

९. माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा साउन महिनाभित्रै प्रकाशित हुने,नतिजा प्रकाशितका लागि काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डको भनाई ।

१०. माओवादी केन्द्रद्वारा प्रदेश १ को प्रदेश सभा बैठक अवरुद्ध,भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले सदनमा दिएका अभिव्यक्तिप्रति आपत्ति ।

११. बाग्लुङमा सडक कालोपत्रे गरिएको २ महिना नपुग्दै उप्किन थाल्यो,ढल र भलको निकास नहुँदा सडकमा क्षति ।

१२. नेपाली सेयर बजार निरन्तर ओरालो लाग्दै,साताको पहिलो दिन आइतबार ५ अर्व ५ करोडको मात्रै सेयर कारोबार

१३. फिलिपिन्समा ९० जना सवार सैनिक विमान दुर्घटना, २९ जनाको मृत्यु,४० जनाको जिवितै उद्दार, १७ जना बेपत्ता ।

१४. अफगानिस्तानको कान्दहार जिल्ला तालिवानी विद्रोहीको नियन्त्रणमा, ४ सय मध्ये सयवटा जिल्ला आफ्नो नियन्त्रणमा ल्याएको तालिवानी दाबी ।

१५. कोपा अमेरिका फुटबल अन्तर्गत सेमीफाइनलको समीकरण पूरा, मंगलबार हुने पहिलो सेमीफाइनलमा ब्राजिललाई पेरुको चुनौती ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?