अस्ट्रेलियामा २ नेपाली क्रिकेट क्लबको आयोजनामा रक्तदान

लोकपथ
126
Shares

काठमाडौं । अस्ट्रेलियाको राजधानी क्यानवेरामा सक्रिय दुई नेपाली क्रिकेट क्लब बुद्ध नेपलिज र ब्रदर्श यूनाईटेडको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ

नेप्लिज बल्ड डोनर एसोसिएशन अस्ट्रेलियाको पहलमा क्यानवेराको ज्ञारेनमा अवस्थित लाईफ ब्लड डोनर सेन्टरमा भएको रक्तदान कार्यक्रममा दुई कल्बका १६ खेलाडीले रक्तदान गरेको एसोसिएशनका सदस्य ललित मल्लले जानकारी दिए ।

रक्तदानमा सहभागी खेलाडी एवंम स्वयंसेवक शुरेश सुवेदी, विशाल वस्नेतले कोभिड कहरकाबीच रक्तदान गर्न पाएकोमा खुसी व्यक्त गरे । खेलाडीहरले आगामी दिनमा पनि रक्तदान जस्तो मानव जिवनसँग जोडीएको पवित्रकार्यलाई जारी राख्ने बताएका छन्।

कोभिडका कारण रगतको अभाव देखिएपछि आस्ट्रेलियन रेडक्रसले रक्तदान गर्न आह्वान गरिरहेको बेला नेपाली समुदायमा सक्रिय विभिन्न संघसंस्था तथा व्यक्तिले रक्तदान जारी राखेका छन । यस अघि चितवन समाज अस्ट्रेलियाले पनि सिडिनीमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?