सरकारको पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्र हो : मुख्यमन्त्री नेपाली

लोकपथ
63
Shares

स्याङ्जा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेश सरकारको पहिलो प्राथमिकता जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउनु भएको बताएका छन् । मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशमा रोगका कारण कोही पनि मर्न नपर्ने अवस्था सिर्जना गर्ने बताएका छन् ।

आँधीखोला गाउँपालिका – ५ सेतीदोभानमा आँधीखोला सामुदायिक अस्पतालको शिलान्यास गर्दै मुख्यमन्त्री नेपालीले गण्डकी प्रदेशमा नयाँ सरकार गठन भएपछि महिलाको स्तन क्यान्सर, पाठेघरको क्यान्सरको निःशुल्क उपचार गर्ने प्रदेश सरकारले निर्णय गरेको जानकारी दिए । उनले महामारीको रूपमा फैलिएको कोरोनाले ठूलो क्षति पु¥याएको बताउँदै प्रदेश सरकारले चाडोभन्दा चाडो निःशुल्क खोप दिनेसमेत बताए ।

प्रदेश सरकारले कोरोनाबाट मृत्यु भएका परिवारलाई राहतका साथै ६५ वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्ने मुख्यमन्त्रीको भनाइ थियो । मिर्गौला, क्यान्सर र मुटुरोगीको जिल्लामै उपचार गर्नेगरी २५ देखि ५० शैय्याको अस्पताल बनाउने तयारी प्रदेश सरकारले गरेको बताउँदै मुख्यमन्त्रीले भीरकोट अस्पताललाई ट्रमा सेन्टर बनाउन बजेट विनियोजन गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?