काठमाडौं । नेपाल खेलकुद महासंघले ‘आत्मनिर्भरताका लागि खेलाडी खेतमा दुई दिन’ अभियान सुरु गरेको छ । महासंघले तारकेश्वर नगरपालिका जितपुरफेदीमा रोपाइँ गर्दै सो अभियानको सुरुवात गरेको हो।
अभियानको शुभारम्भ नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वगृहमन्त्री खगराज अधिकारी प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । पूर्वउद्योगमन्त्री कर्ण थापा र पूर्व खेलकुदमन्त्री तथा महासंघका इन्चार्ज दावा लामा विशेष अतिथि थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अधिकारीले कृषिप्रधान देशमा कृषिसम्बन्धी कार्यक्रम सबैले गर्नुपर्ने बताए । उनले भने, ‘यसले हाम्रो निर्भरता हामीमा नै राख्छ र सबैलाई कृषि कर्ममा लाग्न प्रेरित गर्छ ।’
रोपाइँ कार्यक्रममा कलाकारहरु पूजा शर्मा, वर्षा सिवाकोटी र राज कटुवाल, युद्ध बानियाँलगायत कलाकारको सहभागिता थियो । स्थानीय धर्मस्थली ब्याण्डले बाजा प्रस्तुत गर्दै कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।

कार्यक्रममा महासंघका अध्यक्ष रमेश पौडेल, वरिष्ठ उपाध्यक्ष परशुराम बस्नेत, उपाध्यक्ष सुवास श्रेष्ठ, उपमहासचिव रामकृष्ण खडका, शान्तमाया परियार, सचिव रेनुका श्रेष्ठ, उमेश केसीलगायत सहभागी थिए ।
चर्चित फुटबल खेलाडी तथा राखेप सदस्य हरि खड्का, खेलकुद परिषद् सदस्य सम्पन्न श्रेष्ठलगायत पनि कार्यक्रममा सक्रिय रुपमा सहभागी थिए ।

महासंघका उपत्यका सचिव केशव ओलीको संचालन र सहसचिव विवेक घिमिरेको स्वागत मन्तव्य रहेको कार्यक्रममा वक्ताहरुले नेपाल खेल्कुस महासंघले खेलाडीहरुको वृति विकास संगै उत्पादन र कृषिमा सहभागिताका लागि शुरु गरेको अभियान निकै फलदायी र अर्थपूर्ण रहेको भन्दै प्रसंशा गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया