नुवाकोट । नुवाकोटको आदर्श बहुमखी क्याम्पसको सञ्चालक समितिका अध्यक्षको जिम्मवारी कार्यान्वयन नहुने भएको छ ।
सर्वोच्च अदालतले आदर्श बहुमुखी क्याम्पसमा अध्यक्षको जिम्मेवारी तोकेको सम्बन्धी पत्र कार्यान्वयन नगराउन त्रिभुवन विश्वविद्यालयका नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।
बिहीवार सर्वोच्चका न्यायाधीश सहकुल सुवेदीको एकल इजलासले त्रिविले नै नियुक्त गरेका अध्यक्ष रामशरण प्याकुरेलको योग्यता नपुगेको भन्दै सर्वोच्चले जिम्मेवारी कार्यान्वयन नगर्न आदेश दिएको हो ।
त्रिविले नियमविपरित अध्यक्ष तोकेको भन्दै श्रीराम श्रेष्ठले रिट दर्ता गरेको थिए । भने उक्त मुद्दामा वरिष्ठ अधिवक्ताहरु शेरबहादुर केसी, अधिवक्ताहरु विकाश भट्टराई, कीर्तिनाथ शर्मा पौडेल, गणेशमान प्रधान र भीमबहादुर गुरुङ लगायतले बहस गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया