बालुवाटार पुगेर वामदेवले भने- ‘मलाई पार्टी एकताको जिम्मा दिनुस्’

लोकपथ
343
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफ्नो नेतृत्वमा पार्टी एकतालाई सुदृढ बनाएर लैजाने जिम्मा आफूृलाई दिन आग्रह गरेका छन् ।

आज बसेको पार्टीको १३ औँ केन्द्रीय कमिटीको बैठकमा बोल्दै उपाध्यक्ष गौतमले आफूले पहिलेकै अवस्थामा वामपन्थी एकता गरेर अघि बढ्ने बताए ।
“मलाई पार्टी एकता गर्ने जिम्मा दिनुस् । म पार्टी एकता गर्छु । पहिलेकै ठाउँमा फर्काउँछु । निर्णय एक्लै गर्ने हो भने कम्युनिष्ट हुन सकिँदैन । कारवाही गर्ने विषय नल्याउनुस् । यसलाई कारवाही गर्ने उसलाई कारवाही गर्ने नभन्नुस् ।” गौतमले बैठकलाई सम्बोधन गर्दै भने ।

बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले धैर्यताको साथ पार्टी एकतामा लाग्नका लागि आग्रह समेत गरेका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा अहिले पनि बैठक जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?