काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा विचाराधिन मुद्दाका प्रयोग भएको आफ्ना २३ सांसदहरुको हस्ताक्षर फिर्ता गर्न निर्देशन दिएको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले सो निर्देशन दिएको हो ।
बैठकमा बोल्दै प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एक बनाएर लैजाने भन्दै दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया