एमालेको केन्द्रीय कमिटी बैठक आज, वरिष्ठ नेता नेपाल पक्ष सहभागि नहुने

लोकपथ
49
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।

केन्द्रीय कमिटी बैठक आज बिहान ११ बजेको लागि बोलाइएको हो । बुधवार बसेको एमालेको १० औँ महाधिवेशन आयोजक कमिटी बैठकले महाधिवेशन आयोजक कमिटीलाई भंग गर्दै केन्द्रीय कमिटीमा परिणत गरेको थियो ।

पार्टीमा यसअघि वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेता, कार्यकर्ताको कारबाही निष्प्रभावि भएको तथा पार्टी २०७५ साल जेठ २ गतेको अवस्थाबाट सञ्चालन भएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताएका थिए । तथापी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) हुँदाका केही स्थायी कमिटी सदस्यहरुलाई एमालेको स्थायी कमिटी सदस्य बनाउने निर्णय पनि गरिएको थियो ।

नेकपा(एमाले) बरिष्ठ नेता माधव कुमार नेपाल पक्षीय केन्द्रीय कमिटी सदस्यहरु भने बैठकमा सहभागि नहुने भएका छन् । बिहीवार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको बैठकले शुक्रवारको बैठकमा सहभागनी नहुने निर्णय गरेको हो । पार्टी विधान विपरित गठित दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक र त्यसको निर्णयले पार्टी एकतामा हानी पु-याउने भएकाले बैठकमा सहभागी नहुने निर्णय गरिएको नेता भिम रावलले बताए । उनले वार्ता र सहमतीबाट समस्याको समाधान खोज्नुपर्ने पनि बताए । ‘पार्टी विधान विपरित गठित दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका बैठक र त्यसका निर्णयले पार्टी एकता हासिल गर्न अवरोध पु-याउने भएकाले यही असार १८ गते बोलाइएको बैठकमा सहभागी हुन सकिदैनँ ।’ उनले भने, ‘वार्ता र सहमतीबाट समस्याको समाधान खोजिनुपर्छ ।’

नेता रावलले एमालेलाई एकताबद्ध बनाउनको लागि सहमतीको प्रक्रियामा औपचारिक वार्ता गरिनुपर्ने र केन्द्रीय कमिटीको बैठक आवश्यक सहमतीका आधारमा स्थायी कमिटीको निर्णयको आधारमा बोलाइनुपर्ने पनि बताए । ‘नेकपा(एमाले)लाई एकताबद्ध रुपमा अगाडी बढाउन उचित र औपचारिक सार्थक वार्ता तथा सहमतीको प्रक्रिया अवलम्वन गरिनुपर्छ ।’ उनले, केन्द्रीय थपे, ‘कमिटीको बैठक आवश्यक तहको सहमती तथा स्थायी कमिटीको बैठकबाट आवश्यक निर्णय प्रस्तावको आधारमा मात्र बोलाइनुपर्छ ।’

आजको एमाले केन्द्रीय कमिटी बैठकले पार्टी एकताको पक्षमा के कस्ता निर्णय गर्छ भन्ने चासो साथ हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?