आन्तरिक उडान सुचारु भएसँगै विमानस्थलमा भीडभाड (तस्वीरसहित)

लोकपथ
196
Shares

काठमाडौं । कोभिड-१९ महामारीका कारण बन्द भएको आन्तरिक हवाई उडान आजबाट शुरु भएको छ ।

कोभिड-१९ महामारीको संक्रमणलाई ध्यान दिदैँ सरकारले वैशाख १६ देखि निषेधाज्ञा जारी गरेसँगै वैशाख २० गतेदेखि आन्तरिक उडान बन्द गरेको थियो ।

बिहीवार देखि आन्तरिक उडान सुचारु भएको हो । आन्तरिक उडान खुलेसँगै देशका विभिन्न भेगबाट मानिसहरुलाई काठमाडौं आउन र काठमाडौं बाहिर जान सहज भएको छ । हवाई यात्रा मार्फत् विभिन्न ठाउँबाट काठमाडौं उत्रिएका यात्रुहरुले फेसशिल्ड, मास्क र सेनिटाइजर लगायतको व्यवस्थासहित सुरक्षित तवरले विमानस्थल उत्रिएको प्रतिक्रिया दिएका छन् ।

उडान खुलेको पहिलो दिन विमानस्थलमा भीडभाड बढेको देखिएको छ । स्वास्थ्य सावधानी अपनाउन यात्रु बीच भौतिक दुरीको पालना गराउन सकिएन भने कोरोना संक्रमणको जोखिम बढ्ने देखिन्छ ।

वर्षाको समयमा स्थलयात्रा गर्नका लागि सडकहरुमा बाढी, पहिरो र दुर्घटनाको जोखिम बढ्ने कारणले यात्रुहरुको रोजाई हवाई मार्ग हुने गरेको छ । आज पहिलो दिनदेखि नै आन्तरिक टर्मिनल भवनमा यात्रुहरुको चाप अत्याधिक रहेको छ ।

काठमाडौंमा यातायातको साधन जोरविजोर प्रणालीमा खुलेर मानिसहरुलाई आवतजावतमा रोक नलगाइदा विमानस्थलमा मानिसलाई लिन जाने र पुर्‍याउन जानेहरुलाई सहज भएको छ । कोरोना संक्रमणबाट जोगिनका लागि विमानस्थलमा पनि जनस्वास्थ्यको कडा मापदण्ड परिपालना गराउनुपर्ने देखिन्छ ।

हेर्नुहोस् तस्वीर : 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?