आज देशभर कहाँ के भयो ? हेर्नुहोस् टप १५ हेडलाइन्स् (भिडियोसहित)

लोकपथ
98
Shares

१.नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटी भंग,स्थायी कमिटीमा थपिए ८ जना ।

२. अध्यक्षका हैसियतले प्रधानमन्त्री ओलीले पार्टी एकताको पहल गर्नुपर्ने एमाले वरिष्ठ नेता नेपाल पक्षको भनाई,ओली एकतामा गम्भीर नबनेका आरोप

३.प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमा सर्वाेच्चमा आज पनि सुनुवाई,विघटन संविधानसम्मत भएको प्रधानमन्त्री ओली पक्षका कानून व्यवसायीको जिकिर ।

४. विपक्षी गठबनधनद्वारा नागरिक अगुवासँग अन्तरक्रिया,अहिलेको मुख्य समस्या प्रधानमन्त्री ओली प्रवृत्ति भएको माओवादी अध्यक्ष दाहालको भनाई ।

५.प्रधानमन्त्रीले न्यायाधीसहरुलाई अनावश्यक धम्की दिएका कांग्रेस सभापति देउवाको आरोप,प्रतिनिधि सभा विघटनका विषयमा निष्पक्ष फैसला आउने विश्वास ।

५.सरकारका ऐतिहासिक कामले एमाले जनतामा लोकप्रिय बनेको प्रधानमन्त्री ओलीको दावी,एमाले भित्रैका केहीले अस्थिरता निम्त्याउन खोजेका टिप्पणी ।

७. मूल्यको राजनीति नछोड्ने एमाले वरिष्ठ नेता नेपालको प्रतिवद्वता,लोकतन्त्र र संविधानको रक्षामा लागिरहने भनाई ।

८. कोरोना कहरमा सरकारले जनताको जीवन रक्षा प्रभावकारी ढंगले गर्न नसकेको पूर्वराजा ज्ञानेन्द्रको आरोप,कोरोना विरुद्धको खोप नपाउँदा जनता निरास

९.राष्ट्रिय मानव अधिकार आयोगद्वारा छुवाछुत घटनाका दोषीलाई संरक्षण नगर्न सबैसँग आग्रह,रुपा सुनुवार प्रकरणमा आफूबाट गल्ती भएको शिक्षामन्त्री श्रेष्ठको स्वीकारोक्ति

१०.बुधवार नेपालमा कोरोनाका २ हजार ८ सय ९२ जना नयाँ संक्रमित थपिए,पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु ।

११.स्थानीयबीच नै विवादका कारण भक्तपुरको मध्यपुर थिमीस्थित हुलाकी मार्ग अलपत्र,सर्वसाधारण हिलाम्मे सडकमै हिड्नुपर्ने बाध्यता ।

१२. नेपाली बजारमा शेयरको भाउ निरन्तर ओरालो लाग्दै,बुधबार ५ अर्व ८३ करोड,८५ लाख रुपैयाँको मात्रै शेयर कारोबार ।

१३. देशभर निषेधाज्ञा उल्लंघन गर्न खोज्ने १ हजार ४४ वटा सवारी साधनलाई प्रहरीको कारवाही, निषेधाज्ञालाई कार्यान्वयन थप प्रभावकारी बनाइने ।

१४.क्यानडामा तातो हावाका कारण १ सय ३० जनाको मृत्यु,क्यानडाको तामक्रम हाल सम्मकै उच्च ।

१५.यूरोकप फुटबलमा क्वाटर फाइनलको समीकरण पूरा,अन्तिम आठका खेलहरु आगामी शुक्रबारबाट शुरु हुँदै ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?