काठमाडौं । सर्वोच्चको संवैधानिक इजलासमा संसदीय प्रणालीमा राष्ट्रपतिले नै प्रधानमन्त्री नियुक्त गर्ने भन्दै त्यसविरुद्ध अदालतमा मुद्दा नलाग्नेबारे कुरा उठेको छ ।
आज प्रधानमन्त्रीका निजी वकिल वरिष्ठ अधिवक्ता सुशील पन्तले संसदील शासन पद्धतीमा प्रधानमन्त्री नियुक्त गर्ने अधिकार राष्ट्रपतिको रहेको बताउँदै त्यस विषयमा अदालतमा मुद्दा नलाग्ने जिकिर गरेका हुन् ।
बहस गर्दै उनले भने-“संसदीय शासन प्रणालीमा प्रधानमन्त्री नियुक्ती गर्ने एउटा अधिकार राष्ट्रपतिको इन्हेरेन्ट अधिकार (अन्तरनिहित अधिकार) हो । राष्ट्रपतिलाई त मुद्दा लाग्दैन । राष्ट्रपतिलाई मुद्दा लाग्छ भने प्रत्यर्थी किन नबानाइएको ?”उनले भने । “७६(५) निर्देलीय हुन्छ भनेर हुने कुरा हो र, त्यहि लेख्नुपर्दैन ? ७६(५) मा निर्दलीय हुन्छ भनेर लेखेको छ र ? ”
बहस गर्दै उनले प्रधानमन्त्री नियुक्तीको लागि विपक्षी गठबन्धनका उम्मेद्वार शेरबहादुर देउवाको दाबी नपुग्ने दाबी समेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया