फ्लोरिडाको भवनमा च्यापिएकामध्ये १२ जनाको मृत्यु, १४९ अझै बेपत्ता

लोकपथ
252
Shares
This aerial view, shows search and rescue personnel working on site after the partial collapse of the Champlain Towers South in Surfside, north of Miami Beach, on June 24, 2021. – The multi-story apartment block in Florida partially collapsed early June 24, sparking a major emergency response. Surfside Mayor Charles Burkett told NBCs Today show: My police chief has told me that we transported two people to the hospital this morning at least and one has died. We treated ten people on the site. (Photo by CHANDAN KHANNA / AFP) (Photo by CHANDAN KHANNA/AFP via Getty Images)

फ्लोरिडा । संयुक्तराज्य अमेरिकाको फ्लोरिडामा भत्किएको एउटा भवनमा मृत्यु हुनेको संख्या १२ जना पुगेको छ ।

मियामी–डेड काउन्टीका मेयर डानिएला लिभाइन काभाका अनुसार भवनको भग्नावशेषमा पुरिएर अझै १४९ जना बेपत्ता छन् र उनीहरुको खोजी कार्य जारी रहेको छ ।

मेयर काभाले पछिल्लो पटक मङ्गलवार साँझ दिएका वक्तव्यमा बेपत्ता हुनेको संख्या अझै यकिनका साथ बताउन कठिन भइरहेको जानकारी दिए ।

उद्धारकर्ताहरुले थप मानिसको खोजीका लागि दिनरात खोजी कार्य जारी राखेका छन् तर वर्षा र भग्नावशेषका कारण खोजी कार्यमा कठिन भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सर्फसाइडमा भएको उक्त दुर्घटना स्थलको बिहीवार निरीक्षण गर्ने भएका छन् ।

गत बिहीवार मियामी समुद्र किनारामा रहेको एउटा ठूलो भवन एक्कासी भत्किएको थियो । भवन भत्किनुको कारण अझै स्पष्ट भइसकेको छैन । तर, सन् २०१८ मा दिइएको प्रतिवेदनले भवनको संरचनामा कमजोरी रहेको देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?