काठमाडौं । नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक सकिएको छ ।
आजको बैठकले उक्त कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्नेगरि भंग गरेको छ ।
उक्त कमिटी भंग भएसँगै पार्टी २०७५ जेठ २ गतेको बाटोमा फर्किएको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
त्यस्तै रुपान्तरिक केन्द्रीय कमिटीको बैठक असार १८ गते शुक्रवारका लागि बोलाइएको छ ।
त्यस्तै आजको बैठकमा वर्तमान राजनीतिक अवस्था र बाढी पहिरोको विषयमा समेत समिक्षा भएको प्रवक्ता ज्ञवालीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया