ललितपुरको भैंसिपाटीमा गेटको ताला फोडी ८ लाख बराबरको धनमाल चोरी

लोकपथ
343
Shares

काठमाडौं । ललितपुरमा घरको ताला फोडेर धनमाल चोरी भएको छ ।

ललितपुर महानगरपालिका-८ भैंसिपाटी बस्ने सुदर्शन श्रेष्ठको घरबाट मेन गेटको ताला फोडी कोठाभित्र दराजमा रहेको नगद तथा सुनका विभिन्न गहना समेत गरी करिब ८ लाख रुपैयाँ मूल्य बराबरको धनमाल मंगलवार राति चोरी भएको हो ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?