काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले रुपा सुनार प्रकरणबारे शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठसँग स्पष्टीकरण माग गरेको छ ।
बुधवार शिक्षामन्त्री श्रेष्ठलाई आयोगको कार्यालयमा नै बोलाएर श्रेष्ठसँग उक्त प्रकरणबारे जवाफ माग गरेको हो ।
उक्त प्रकरणमा मन्त्री श्रेष्ठ स्वय घटनाका दोषीलाई छुटाउन प्रहरी कार्यालय पुगेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ ।
यसैक्रममा आयोगमा आज अध्यक्ष लगायत आयुक्तहरुसहित मन्त्रीसँग छलफल गरेको आयोगकी सदस्य लिलि श्रेष्ठले जानकारी दिइन् ।
साथै उक्त प्रकरणमा मन्त्रीको व्यवहार मानव अधिकारसँग सम्बन्धित नरहेको समेत आयोगले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया