काठमाडौं । कञ्चनपुरमा तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । कृष्णपुर नगरपालिका-४ मौवाफाटास्थित ४० वर्षीय तेज बहादुर साउदको पसलमा तास खेलिरहेको अवस्थामा साउद लगायत ६ जनालाई मंगलवार साँझ प्रहरीले पक्राउ गरेको हो ।
साउदको पसलमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गुलरीयाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६५ हजार रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया