बालुवाटार बैठक : ओली पक्ष भन्छ- ‘बोलाएका छौँ’, नेपाल पक्षको प्रतिक्रिया, ‘थाहा भएन’

लोकपथ
287
Shares

काठमाडौं । केहिबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा एमालेको १० औँ महाधिवेशन कमिटीको बैठक शुरु हुँदैछ ।

११ बजेका लागि बैठक बोलाइएपनि अहिलेसम्म केही तयारीहरु भइरहेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले लोकपथलाई जानकारी दिए ।

पार्टी एकिकरणलाई मजबुत बनाउनका लागि बोलाइएको बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने सहभागि नहुने बुझिएको छ ।

मंगलवार बसेको एमाले ओली पक्षको स्थायी कमिटी बैठकले नेपाल पक्षले राख्दै आएको मागको सम्बोधन गर्ने र पार्टीलाई जेठ २ को अवस्थामा फर्काउने अनौपचारिक निर्णय गरेको थियो । यसो त नेपाल पक्षले नमान्दै आएको १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी समेत केन्द्रीय कमिटीमा नै रुपान्तरण गर्न आजको बैठक बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले लोकपथलाई जानकारी दिए ।

लोकपथसँग कुरा गर्दै उनले भने- “पार्टी एकिकरणलाई मजबुद बनाउने प्रयासस्वरुप हामीले आजको लागि बैठक बोलाएका हौ । हामीले आजको बैठकमा उहाँहरु (नेपाल पक्ष) लाई समेत बोलाएका छौँ । आशा गरौँ उहाँहरु पनि आउनुहोला।”

यता नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेले भने आफूहरु उपस्थित नहुने संकेत गरेका छन् । उनले त्यो ओली पक्षको बैठक भएको प्रतिक्रिया दिएका छन्।

नेता पाण्डेले लोकपथसँग कुरा गर्दै उनले भने- “त्यो उहाँहरुको बैठक हो । हामीलाई थाहा भएन ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?