काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको निवास चाक्सिबारीमा भएको नेतात्रयको छलफल सकिएको छ ।
आजको छलफलमा नेता सिंहसहित महामन्त्री शशांक कोइराला र उपसभापति बिमलेन्द्र निधि सहभागी रहेका थिए । आजको छलफलले आगामी महाअधिवेशनमा कसरी अघि बढ्ने भन्ने वियषयमा नेतात्रयले आफू निकटका नेताहरुसँग छलफल गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ ।
छलफलका लागि आगामी शुक्रवार महामन्त्री कोइराला निवासमा केन्द्रीय सदस्यहरुको बैठक बोलाइएको छ ।
त्यसैगरी आजको छलफलमा सदस्यता विवादलाई विधिसंगत तरिकाले समय सीमाभित्र टुंग्याउँनुपर्नेमा नेताहरुले जोड दिएका छन् ।
यो नेतात्रयको तेस्रो छलफल हो । यसअघि महाधिवेशन केन्द्रीय भएर तीन नेताहरुले असार ७ गते निधि निवास बानेश्वर र असार ११ गते कोइराला निवास महाराजगञ्जमा छलफल भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया