काठमाडौं । विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट संसदको अपहरण भएको आरोप लगाएका छन् ।
आज संघीय संसद भवनमा विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँगको अन्तरक्रियामा बोल्दै सभामुख सापकोटाले सो कुरा बताएका हुन् ।
“संसद् विघटनको पूर्णपाठसमेत नआउँदै राष्ट्रपति कार्यालयबाट दोस्रो पटक संसद् विघटन स्वीकृत भयो । संसद्को अधिकार राष्ट्रपति कार्यालयबाट अपहरण भएको छ” उनले भने ।
कोरोना संक्रमणको महामारी र त्यसको न्यूनिकरणका विषयमा आफूहरुले संसदमा कुरा राख्न नपाएको बताउँदै सभामुख सापकोटाले बेलायती संसदमा कुरा उठ्दा समेत नेपालको संसदमा कुरा उठ्न नसकेको जिकिर गरे । उनले भने, “बरु बेलायती संसद्मा नेपालको कोभिड महामारीबारे छलफल भयो । तर, हामीले संसद्मा छलफल गर्न पाएनौँ ।”
कार्यक्रममा बोल्दै सभामुख सापकोटाले संविधानको आत्मामाथि प्रहार भएको बताउँदै अब आफू चुप बस्न नसक्ने समेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया