काठमाडौं । सोलुखुम्बुमा एक जना मृत अवस्थामा फेला परेका छन् ।
महाकुलुङ गाउँपालिका-२ बस्ने ३५ वर्षीय राम कुमार कुलुङ सोही ठाउँस्थित फुलवती खोलामा सोमवार मृत अवस्थामा फेला परेका छन् ।
गत शनिवारदेखि घरबाट हराएकोले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया