काठमाडौं । झापामा २१ वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् ।
२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका-३ पुलचोक बस्ने राजु थापा भन्ने २४ वर्षीय नुर खानलाई सोमवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
खानले ती महिलालाई मेचीनगर नगरपालिका-११ बाँसवारीस्थित शुभकामना होटल एण्ड लजको कोठाभित्र असार ८ गते ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया