भोलीदेखि भारी वर्षा हुने, सर्तकता अपनाउन अनुरोध

लोकपथ
140
Shares

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले भोलीदेखि भारी वर्षा हुने भन्दै सर्तकता अपनाउन आग्रह गरेको छ ।

महाशाखाले भोली बुधवारदेखि मनसुनी न्युन चापीय रेखा नेपालको तराई नजिक रहने हुनाले मनसुन सक्रिय भई देशको प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने बताएको छ । त्यस्तै लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा भने भारी/धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले सुचित गरेको छ । यी प्रदेशहरुको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?