महान्यायाधिवक्ता बडालको प्रश्न : विपक्षीलाई प्रधानमन्त्री बनाउँदै हिँड्न पाइन्छ ?

लोकपथ
231
Shares

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आजबाट सरकारी पक्षका कानून व्यवसायीहरुको बहस शुरु भएको छ ।

आजको बहस शुरु गर्दै महान्यायाधिवक्ता रमेश बडालले दलभित्रको निर्वाचन हारेर आफैँ सरकार चलाउछु भन्न नपाइने जिकिर गरेका छन् ।

सर्वौच्चको संवैधानिक इजलासमा बहस गर्दै महान्यायाधिवक्ता बडालले भने- “चुनाव लड्न दल चाहिने, अनि जितेर आएपछि विपक्षीलाई प्रधानमन्त्री बनाउँदै हिँड्न पाइन्छ ? दलभित्रको चुनाव हार्ने अनि मै शासन चलाउछु भन्न पाइन्छ ?”

बहसका क्रममा उनले विश्वासको मत लिन संसद्मै जाने हो भन्ने तर्क पञ्चायतको संविधान जस्तो ह्ुसमेत जिकिर गरेका छन् ।

“नेपालको संविधान २०१९ को राष्ट्रिय पञ्चायत चुनावको व्यवस्थासँग मिल्दोजुल्दो छ । त्यसमा तीन जनाले नाम दिने र राजाले जसलाई मनोनीत गर्छ त्यही प्रधानमन्त्री हुने व्यवस्था छ । अन्तरिम संविधानमा जस्तो अहिले माग गरेर हुँदैन ।” उनले भनको छन् ।

आजबाट शुरु भएको सरकारी पक्षको बहसका लागि १५ घण्टाको समय दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?