सर्वोच्चको संवैधानिक इजलास : संसद विघटनको मुद्दामा सरकारी पक्षको बहस शुरु

लोकपथ
161
Shares

काठमाडौं । सर्वोच्चको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आजबाट सरकारी पक्षको बहस शुरु भएको छ ।

सरकारी पक्ष अर्थात रिट निवेदकको विपक्षबाट महान्यायाधीवक्ता रमेश बडालले बहस शुरु गरेका छन् । बहसका लागि उनलाई तीन घण्टाको समय दिइएको छ ।

गत बुधवारबाट निरन्तर शुरु भएको रिट निवेदकतर्फको बहस आइतवारबाट सकिएसँगै आजबाट रिट निवेदकको विपक्षी अर्थात सरकारी पक्षको बहस आजबाट शुरु हुनेछ । भने सरकारी पक्षलाई बहसका लागि १५ घण्टाको समय दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?