आजको मौसम : प्रदेश १ र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

लोकपथ
56
Shares

काठमाडौं । आज देशभर सामान्य देखि पूर्ण बदली रहनेछ ।

आज देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशको दक्षिणी भू–भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?