दिल्लीमा भेटिए यो वर्षकै सबैभन्दा कम कोरोना संक्रमित

RSS
105
Shares

काठमाडौं । दिल्लीमा बिगत २४ घण्टामा कोभिड–१९ संक्रमितको संख्या यो वर्षकै सबैभन्दा कम रहेको संघीय स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्याङ्कमा उल्लेख छ ।

दिल्लीमा पछिल्लो २४ घण्टामा ८५ व्यक्तिमा नयाँ संक्रमण भेटिएको र चार संक्रमितको मृत्यु भएको हो ।

दिल्लीमा पछिल्लो २४ घण्टामा २८५ व्यक्ति कोभिड–१९ संक्रमणमुक्त भएका छन् भने अहिलेसम्म कुल १४ लाख सात हजार व्यक्ति निको भई घर फर्किएका छन् । दिल्लीमा अहिले सक्रिय संक्रमितको संख्या एक हजार ५६८ रहेको छ ।

दिल्लीमा कोभिडका कारण मृत्यु हुनेको दर १.७४ प्रतिशत कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?