१. प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आजबाट विपक्षीको बहस सकियो, प्रधानमन्त्री ओलीको तर्फबाट भोलि बहस हुने, १५ घण्टाको समय
२.प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सभामुख अग्निप्रसाद सापकोटातर्फका कानून व्यवसायीहरुलाई डेढ घण्टाको समय छुट्याईयो, बहस भोलि हुने
३.बितेको २४ घण्टामा गरिएको ९ हजार ८ सय ३६ परिक्षणमा नेपालमा थप १ हजार ९२० जनामा कोरोना संक्रमण पुष्टि, ३४ जनाको मृत्यु, ३ हजार ७ जना संक्रमणमुक्त
४.दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्ने एमालेको तयारी, १६ गते बिहान बस्ने बैठकले आयोजक कमिटी विघटन गरेर केन्द्रीय कमिटी ब्युँताउने
५. गण्डकी प्रदेशद्वारा जेठ २९ गते गठित मन्त्रिपरिषद्का सदस्यलाई मन्त्रालयको जिम्मेवारी, मन्त्रीद्वय कुमार खड्का र मधुमाया अधिकारीलाई पाएपछि दीपक मनाङेले मागे भौतिक वा मुख्यमन्त्री पद
६. अब स्नातक नगरेका पूर्व मन्त्रीहरु राजदूत बन्न नपाउने, जेठ २५ गते सरकारले गरेको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्चको अन्तरिम आदेश
७. काठमाडौंको न्यूरोडनजिक गाडीको आडमा बालिकालाई बलात्कार गरिरहेका बेला रिक्सा चालक धादिङ धुनिवेशी नगरपालिका–१ घर भएका ३५ वर्षीय सूर्य तामाङ पक्राउ, अनुसन्धान भइरहेको प्रहरीको भनाई
८. त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा म्युकरमाइकोसिसको शल्यक्रिया गरेका दुई जनाको आँखा निकालियो, नेपालगञ्जका ५८ वर्षीय पुरुष र जनकपुरकी ५० वर्षीया महिलाको अर्बाइटल सर्जरी गरी कृत्रिम आँखा राखिएको अस्पतालको भनाई
९. कोरोनाबाट निको भइसकेकाहरु ‘पोस्टकोभिड’को समस्यासहित अस्पताल जान थाले, एउटै बन्द कोठामा धेरै मान्छेहरु बस्दा कोरोना छिटो सर्ने भएकोले कामकाजमा सतर्कता अपनाउन अनुरोध
१०. ४ महिनाको अवधिमा ७ वटा सहकारीबाट ४३ लाख नगद र ९ तोला सुन लुटेका नुवाकोटको वेल्कोट नगरपालिका–९ घर भइ काठमाडौंको जोरपाटी बस्ने २२ वर्षीय दीपक गजुरेल पक्राउ, थप अनुसन्धान हुँदै
११. प्राधिकरणसँग ७ बुँदे सहमति भएसँगै काममा फर्किए पुनर्निर्माण प्राधिकरणका प्राविधिक कर्मचारी, प्राविधिक कर्मचारीले उठाएका मागहरु पूरा गर्ने, उनीहरुले दिएको राजीनामा अस्वीकृत गर्ने र सबै आन्दोलन आजकै मितिदेखि अन्त्य गर्ने सहमति
१२. सरकारको समेत स्वामित्व रहेको प्रकाशन गृह जनक शिक्षाले बजारमा पुरानै नक्सा समावेश भएको पाठ्यपुस्तक पठायो, पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्न निर्देशन, नयाँ नक्सा छापिएको पुस्तकले ‘रिप्लेस’ नगरे कारवाही गर्ने
१३. जारी निषेधाज्ञाबाट चितवनका दूध किसान चौतर्फी मारमा, चितवनमा ११ करोड रुपैयाँ बराबरको दूध नोक्सान
१४. भारतको जम्मु विमानस्थलमा पाँच मिनेटको अन्तरमा दुई शक्तिशाली विस्फोट, उच्च सुरक्षा अधिकारीहरुको बैठकमा घटनाबारे गम्भीर छलफल
१५. युरो कपमा आज नकआउट चरणमा ‘ब्लकबस्टर’ खेल हुदै, बेल्जियम सामु पोर्चुगलको अग्निपरीक्षा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया