काठमाडौं । नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ९ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप ३४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९ हजार ९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए।
त्यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर गरिएको कुल ६ हजारको परीक्षणमा १ हजार ३ सय ५३ जनामा पीसीआर पोजेटिभ र ३ हजार ८ सय ३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा संक्रमण पुष्टि भएको उनले बताए ।
यसैगरी पछिल्लो २४ घण्टाम काठमाडौं उपत्यकमा ४२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंका २९२, ललितपुरका १०० र भक्तपुरका ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रवक्ता पौडेलले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय जना कोरोनामुक्त भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया