काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप सहज बनाउँदै थप गरिने भएको छ ।
सो निर्णय गर्नका लागि आज काठमाडौं उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।
अपरान्ह ४ बजे बैठक बसी निषेधाज्ञाको विषयमा थप निर्णय हुने जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक अधिकारीेले लोकपथलाई जानकारी दिए । उनका अनुसार अहिले काठमाडौंको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठक बसिरहेको छ ।
“अहिले डीसीसीएमीको बैठक बसिरहेको छ । आजको बैठकमा निषेधाज्ञाको मोडालिटी कस्तो बनाउने भन्ने विषयमा छलफल हुनेछ । साथै उपत्यकामा निषेधाज्ञा कस्तो बनाउने भन्ने विषयमा अपरान्ह ४ बजे तीनै जिल्लाका प्रमुखहरुको बैठक बस्न लागेको छ ।” ती अधिकारीले लोकपथसँग भने ।
अब निषेधाज्ञा थप खुकुलो बनाउँदै एक साता थप गर्न लागिएको बुझिएको छ ।
नेपालमा कोरोना संक्रमणको दोस्रो लहरको जोखिम बढेसँगै गत वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरिएको छ । पछिल्लो पटक असार ८ गतेबाट एक साताका लागि निषेधाज्ञा गर्ने निर्णय गरिएको थियो । जारी निषेधाज्ञाको समयावधि भोलिबाट सकिँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया