काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा रोजगारदाता परिषद् गठन भएको छ ।
श्रेष्ठको सभापतित्वमा गठन भएको सो परिषद्मा रणबहादुर श्रेष्ठ र वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपाने सल्लाहकारका रुपमा रहेका छन् ।
यसैगरी सह-सभापतिमा बिनायक शाह र मोहन कटुवाल रहेका छन् ।
त्यस्तै सदस्यहरुमा बीरेन्द्रनाथ भट्टराई, सैबल घोष, नितिन जलन, रोजन कर्मचार्य लगायत रहेको चेम्बरले जनाएको छ ।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रावलको उपस्थितिमा परिषद्का पधाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरे ।
आगामी दिनहरुमा रोजगारदाता परिषद् उद्योग तथा व्यवसायी सबैलाई समेटेर अगाडि बढ्ने चेम्बरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया