सुनसरी। सुनसरीको कोशी गाउँपालिका ८ नङ्खु टोलस्थित पूर्व(पश्चिम राजमार्गमा हायसले पिकअप र मोटरसाईकल ठक्कर दिँदा ३ जनाको मृत्यु र २ जना घाईते भएका छन् ।
आज बिहान पौने ८ बजे पूर्वबाट पश्चिम तर्फ जादैँ गरेको बा ३ ख ७२२४ नम्बरको हायस गाडीले विपरित दिशाबाट आउदैँ गरेको स६प ४६६१ नम्बरको मोटरसाईकल र को१च ९३६८ नम्बरको पिकअप गाडीलाई ठक्कर दिएको थियो ।

सो दुर्घटनाबाट गम्भिर घाईते भएका मोटरसाईकल चालक सप्तरी डाक्नेश्वरी ५ का २८ वर्षीय उदय साह, मोटरसाइकल पछाडी सवार मोरङग विराटनगर ९ का ४५ वर्षीय राम प्रसाद साह र पिकअप चालक विराटनगर ७ का ४० वर्षीय अक्षय कुमार गुप्ताको जिल्ला अस्पताल ईनरुवा उपचारको क्रममा मृत्यु भएको छ ।
उक्त दुर्घटनाबाट घाईते भएका हायस चालक नुवाकोट विदुर नगरपालिका १३ का ३५ वर्षीय विवस तामाङ् र हायसको सहचालक सोही स्थान ११ का २५ बर्षीय नारायण बत्सयालको बिराट नर्सिङहोममा उपचार भईरहेको छ ।
दुर्घटना भएका तीन वटै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया