काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण थप ३० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ९ सय ७५ पुगेको छ ।
नेपालमा बितेको २४ घण्टामा थप २ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

मन्त्रालयका अनुसार ९ हजार ८ सय १० जनाको परीक्षणमा २ हजार १६ जनामासंक्रमण पुष्टि भएको हो ।
त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय १४ जना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कूल संक्रमण मुक्त हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ ।
नेपालमा कोरोना संक्रमण मुक्त हुनेहरुका दर ९१.९ प्रतिशत रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया