काठमाडौं । रौतहटमा खेतमा पानी लगाइदिएको विषयमा झडप भएको छ ।
मौलापुर नगरपालिका-१ स्थित मर्यादपुरमा मुलावी साहले हृदय यादवको खेतमा पानी लगाइदिएपछि विवाद हुँदा १५ जना घाइते भएका हुन् ।
झडपमा दुवै पक्षका गरी १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धिविक्रम शाहले लोकपथलाई जानकारी दिए ।
घटनास्थलमा अहिले अवस्था सामान्य भैसकेको एसपी शाहले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया