कपिलवस्तु । घटनाको जानकारी दिदै उद्धार टोली मुभ गराउने उद्धेश्यले सशस्त्रको सेटमा सन्देश प्रवाह हुन्छ । गल्फचार्ली फोर गल्फचार्ली भर्खरै बुद्धभुमी नगरपालिका वडा नम्बर १० रामघाट भन्ने स्थानमा बाणगंगा खोलामा अबिरल बर्षाका कारण आएको बाढि गाँउमा प्रवेश गरि क्षति पुर्याएको खबर आएको छ टोली तत्कालै मुभ गर्नु । सुचनाका आधारमा ६ सदस्यिय टोली बाढिस्थल पुगेर दुई जना बाढि डुबेका व्यक्तिलाई तत्कालै उद्धार गरेर फर्किन्छ ।
यो दृश्य हो, सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण हेड क्वाटर कपिलवस्तुको आयोजनामा जगदिशपुर जलाशय क्षेत्रमा “साहसिक उद्धार” को डेमोस्ट्रेसन ।
जल उत्पन्न प्रकोप बाट जनताको जिउ धनको सुरक्षा गर्न उद्धार तथा प्रतिकार्य सञ्चालन गर्न तयारी हालतमा रहेको जानकारी गराउन सो डेमोस्टेशन गरिएको हो । बिपदमा प्रतिकार्य तथा उद्धार कार्यमा उद्धारकको उद्धार गर्ने कला कौशलता पुर्न ताजगी गर्न, उद्धारमा खटिनेहरुको आत्म विश्वासमा वृद्धि गर्न, उद्धारमा प्रयोग गरिने सामाग्रीहरुको दुरुस्तीलाई एकिन गर्न साथै परेको बखत तदारुकताका साथ उद्धार कार्यमा खटिने अभ्यास समेत हुने भएकाले डेमो आयोजना गरिएको जनाईएको छ ।
जगदिशपुर तालमा गरिएको डेमोस्टेशनमा पश्चिम तर्फ बुद्धभुमी नगरपालिका वडा नम्बर १० रामघाट र पुर्व तर्फको जगदिशपुर तालको टापु क्षेत्रलाई यशोधरा गाँउपालिकाको वडा नम्बर ५ को भगवानपुर र लोहरौली गाँउको डुबान क्षेत्र भएको भनि डेमो स्थलको हदबन्दी गरिएको थियो ।

अभ्यास अन्र्तगत पहिलो उद्धारको नमुना वृद्धभुमी नगरपालिका वडा नम्बर १० रामघाटमा बाणगंगा नदीमा बर्षाका कारण बाढि आई क्षति पुर्याएको सुचनाको आधारमा र्याफ्टको सहयोगमा पुगेको उद्धार टोलीले दुई जनालाई उद्धार गरेको देखाईएको थियो ।
उद्धारकर्मीले कुशलतापुर्वक ड्राईभ गरि पौडी खेली दुई जनाको उद्धार गरेका थिए । सो पश्चात उद्धार गरिएका सामान्य घाईते दुबैलाई मञ्चको बाँया तर्फ रहेको मेडिकल फस्ट रेस्पोन्डर टिमले तत्कालै प्राथमिक उपचार गरेको देखाईएको थियो । उक्त घटनास्थलमा अन्य सर्वसाधारण हराई रहेको र बाढिले बगाएको हुन सक्ने खबर आए पछि पुनः अर्को उद्धार टोली त्यहाँ पुगेको थियो । सो क्रममा बाढिमा डुबेकाहरु सम्म र्याफ्ट पुग्न नसके पछि लाईफ ब्याग र थ्रो ब्याग फालेर सो को सहायाताले उद्धार गरिएको दृश्य देखाईएको थियो ।
घटनामा घाईते भएकालाई बोर्डमा राखेर फस्ट एड एरियामा पुर्याईएको थियो । त्यसै गरि अर्को डेमोमा यशोधरा गाँउपालिकाको वडा नम्बर ५ को भगवानपुर गाँउमा अबिरल वर्षाका कारण आएको बाढिमा केहि मानिसहरु अडकिएर टापु ईलाकामा हार गुहार गरेकोमा उद्धार टोली तत्कालै प्रस्थान गरेको थियो । त्यसरी टापुमा उद्धारका लागि हारगुहार गरेका मध्ये एक जनालाई सर्पले डसेको सुचना आएको थियो । उद्धार टोलीले ति गाँउलेलाई उद्धार गरि प्राथमिक उपचार पछि थप उपचारका लागी सम्बन्धित स्थानमा लगिएको दृश्य देखाईएको थियो ।

त्यति मात्रै नभई उद्धार कार्यको लागि खटिएको र्याफ्ट नदीको बहावका कारण पल्टिए पछि टोलीले पुनः रयाफ्टलाई साझो पारि उद्धार कार्य जारी राखेको दृश्य देखाईएको थियो । पुनः सोही र्याफ्टमा कुनै घारिलो वस्तुले घोचेर हावा निस्किदा र्याफ्ट पंचर भएको दृश्य समेत देखिन आएको थियो । सो अवस्थामा अर्को मोटरबोटमा रहेको उद्धार टोलीले दुर्घटना भएको र्याफ्ट नजिक पुगी डुबेका साथीहरुलाई उद्धार गरि र्याफ्टलाई डोरीको सहायताले ओबिएममा बाधेर नदी किनार ल्याएको दृश्य समेत देखाईएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे, प्रहरी उपरिक्षक नवराज अधिकारी, राष्ट्रिय अनुसन्धानका एसपी योगेन्द्र केसी, सशस्त्र प्रहरी उपरिक्षक ध्रुब बहादुर कार्की, कपिलवस्तु नगरपालिका वडा नम्बर ९ का अध्यक्ष शिव बहादुर वाग्ले र जगदिशपुर जलाशय व्यवस्थापन सरोकार मञ्चमा उपाध्यक्ष अब्दुल रसिद खाँ लगायतले उद्धार कार्यको डेमोस्टेशनको अवलोकन गरेका थिए ।
जल उत्पन्न प्रकोप बाट जनताको जिउ धनको सुरक्षा गर्न उद्धार तथा प्रतिकार्यको अभ्यास सहितको डेमोस्टेशन गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण हेड क्वाटर कपिलवस्तु शसस्त्र प्रहरी उपरिक्षक ध्रुब बहादुर कार्कीले बताए । उनले सशस्त्रले चालु आवमा जिल्लाका २८ स्थानमा भएका आगलागी नियन्त्रण, बाढि पहिरो र डुबान क्षेत्रमा १७ व्यक्तिको उद्धार, ५ घाईते व्यक्तिको उद्धार र ८ वटा शवको उद्धार गरिएको जनाए ।
सशस्त्र प्रहरीको प्रकोप उद्धारका लागि २४ जना तालिम प्राप्त र बिपत सम्बन्धि अनुशिक्षण लिएका ३ सय ७१ जनाको टोली उद्धारमा खटिदै आएको जानकारी दिए । कपिलवस्तु जिल्लामा कार्यरत रहेका सशस्त्र प्रहरीको सेमुलेशन एक्सरसाईज हेरिएको जनाउदै मनसुनको अवस्थामा बाढी, डुबानको समस्या हुने भएकाले सामाग्री र जनशक्तिको प्रयोग बारेको पुर्व अभ्यास गरिएको प्रजिअ चक्रपाणी पाण्डेले बताए ।
आगमी दिनमा सशस्त्र सगै नेपाली सेना र नेपाल प्रहरीबिचको संयुक्त अभ्यास गरी तयारी अवस्था बारे जानकारी दिन सहयोग पुर्याउने योजना रहेको प्रजिअ पाण्डेले स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया