आज देशभरका विभिन्न स्थानमा भारी वर्षा हुने

लोकपथ
63
Shares

काठमाडौं । आज देशभर सामान्य देखि पूर्ण बदली रहनेछ ।

आज देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन÷चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको दक्षिणी भू–भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?