सभापतिको उम्मेदवारी बारे छलफलबाट निर्णय गर्ने पौडेल समुहको भेलाको निष्कर्ष

लोकपथ
245
Shares

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको मिति नजिकिए सँगै नेताहरुले आ–आफ्नो समुहको भेला तथा बैठकहरुलाई तिव्रता दिएका छन् ।

शुक्रवार नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल समुहको भेला काठमाडौंको एक पार्टी प्यालेसमा भएको छ । भेलामा बरिष्ठ नेता पौडेल सहित महामन्त्री शशांक कोईराला, शेखर कोइराला, गगन थापा, प्रकाशमान सिं, रामशरण महत, अर्जुननरसिंह केसी लगायत केन्द्रीय कमिटी सदस्यहरुको उपस्थिती रहेको थियो ।

भेलामा पौडेलसहित महामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला,  सुजाता कोइराला, शेखर कोइराला, कल्याण गुरुङ, अर्जुननरसिंह केसी र डा.रामशरण महतले सभापतिको दाबेदारका रुपमा प्रस्तुत गरेका थिए । ।

भेलाले कांग्रेसको १४ औँ महाधिवेशनको सम्बन्धमा क्रियाशिल सदस्यता छानविन गरी छिट्टै टुंगो लगाउनुपर्नेमा जोड दिएको तथा सहमतीको उम्मेदवार छान्नका लागि ढिला गर्नु नहुने सुझाव आएको नेता प्रकाशमान सिंहले बताए ।

नेता अर्जुननरसिंह केसीले एकता कायम गरेर उम्मेदवार टुंगो लगाउनुपर्ने र जस्तो खालको परिस्थिति आएपनि सहमती निर्माण गर्नुपर्ने छलफलको अन्तिम निष्कर्ष रहेको बताए ।

आफ्नो समुहको तर्फबाट कसले सभापतिको उम्मेदवारी दिने भन्ने विषयमा छलफलबाट निर्णय गरीने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?