दिनभर देशमा के-के भए ?, हेर्नुहोस् टप १५ हेडलाइन्स्

लोकपथ
112
Shares

१. नेपालमा पछिल्लो २४ घण्टामा गरिएको १४ हजार ३ सय ५१ कोरोना परिक्षणमा २ हजार ४ सय छहत्तर जनामा संक्रमण पुष्टि, ५ हजार ४ सय ५५ जना संक्रमणमुक्त, २७ जनाको मृत्यु

२. प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा तेस्रो दिन शुक्रवार पनि सुनुवाइ, ६ जना कानून व्यवसायीको बहसपछि आजको लागि स्थगित, विपक्षीलाई अब जम्मा २ घण्टा ३५ मिनेटको समय

३. सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र हेलम्बुमा गएको बाढी पहिरोको व्यवस्थापन तथा राहतकार्यलाई तत्काल प्रभावकारी रुपमा अघि बढाउन प्रधानमन्त्री ओलीको आग्रह, बेलिबृजको व्यवस्था,बाढीको पुर्व सूचना दिन साइरन राख्ने, कटान रोक्न तार जालीको व्यवस्था गर्न तथा पीडित परिवारलाई जस्ता तत्काल अस्थायी आवासको व्यवस्था गर्न निर्देशन

४. आसन्न १४ औं महाधिवेशनमा नयाँ समीकरण निर्माणका लागि कांग्रेस उपसभापति विमलेन्द्र निधि, नेता प्रकाशमान सिंह र शशांक कोइरालाबीच छलफल, संस्थापन इत्तर पक्षका ९ जना युवा नेताले भने, रुपान्तरण र पुस्तान्तरणको एजेण्डामा साथ दिन्छौँ

५. मध्यावधि चुनाव अघि नै जनताले कोभिड-१९ विरुद्धको खोप लगाउन पाउने मन्त्री श्रेष्ठको भनाई, स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै भने २०२१ भित्र सबै नेपाली जनताले कोभिड-१९ विरुद्धको खोप लगाउन पाउनेछन्

६. शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई बर्खास्त गर्न माग गर्दै नेपाल दलित मुक्ति मोर्चाले जनायो आपत्ति, छुवाछूत विभेदको संरक्षण गरेको कार्यले सिङ्गो दलित समुदायलाई अपमान गरेको आरोप

७. पूर्व राजाहरुसँग राष्ट्रपतिको तुलना गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रति एमाले नेता एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको आपत्ति, भन्छन्, राजनीतिलाई अराजनीतिक बनाउने खेल अब के बाँकी रह्यो र

८. जेठ २५ गतेदेखि २९ गतेसम्म पहिलो मात्रा लगाएकाहरुलाई असार २२ गतेदेखि देशभर भेरोसेल खोपको दोस्रो मात्रा लगाइने,पहिलो मात्रा लगाएको कार्ड अनिवार्य रुपमा खोप केन्द्रमा लैजानुपर्ने

९. मनसुनी वायुको प्रभावका कारण देशभरका अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली, प्रदेश नं १ र बागमती प्रदेशका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षाको हुनसक्ने भन्दै सतर्क रहन आग्रह

१०. कोभिड-१९ का कारण करिब २१ महिनादेखि परीक्षा हुन नसकेको स्नातक तह प्रथम वर्षको परीक्षा साउन ११ गतेदेखि हुने, परीक्षार्थीले आफूले छनोट गरेको परीक्षा केन्द्रमा परीक्षा दिन पाउने, फारम छुटेकालाई असार १५ गतेसम्मको समय

११. नेपाली राष्ट्रगानका गायक मध्येका एक अजय थापाको कोरोना संक्रमणका कारण निधन, उनका पत्नी राधा थापा सङ्क्रमणका कारण बी एन्ड सी अस्पतालमा उपचाररत

१२. पेट्रोलियम पदार्थको मूल्य अझै बढ्न सक्ने आयल निगम को भनाई, कम्पनीको नोक्सानलाई कम गर्नका लागि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपरेको जिकिर

१३. डेल्टा भेरियन्टको नयाँ म्युटेसन ४० जनामा पुष्टि भएसँगै भारतले कोरोना परीक्षण बढाउन सबै राज्यलाई निर्देशन दियो, मानिसको प्रतिरोधी क्षमतालाई कमजोर बनाउन सक्ने भेरियन्ट भएको भन्दै थप सर्तकता अपनाउन विज्ञको सुझाव

१४. अमेरिकाको फ्लोरिडा राज्यमा २३० वटा फ्ल्याट भएको १२ तले भवन भत्किँदा १ जनाको मृत्यु, ९९ जनाभन्दा बढी सम्पर्कविहीन

१५. नेपालकी जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिक खेल्ने पक्का, ‘वाइल्ड कार्ड’ मार्फत इन्ट्री पाएकी भट्ट प्रतियोगितामा सहभागिता जनाउने पाँचौ नेपाली खेलाडी

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?